परियजनाले प्रयोजक पाएको छ

अमेरिकाको नेशनल एन्डाउमेन्ट फर द ह्युमानिटिजबाट सन् २०२१ को स्कलर्ली एडिसन्स एन्ड ट्रान्सलेसन्स ग्रान्ट नामक अनुदान पाउन सफल भएकोमा हामी खुसी छौँ ।पढ्नुहोस्“Support for our project”

ओपन बुक पब्लिसर्समार्फत प्रकाशन गर्ने योजना

Music and Dances of Central Nepal: Subi Shah’s Works on Pangdure (Maruni) Performance (मध्यनेपालका सङ्गीत तथा नाचहरू : पाङ्दुरे (मारुनी) नाचसम्बन्धी सुवि शाहका कृतिहरू) को प्रकाशनका लागि ओपन बुक पब्लिसर्स सँग सम्झौता भएको छ ।पढ्नुहोस्“Publication Plans with Open Book Publishers!”

सुवि शाह : एक परिचय

दीपक जंगम र बेनी रावलको पाठ्यपुस्तक “संगीत सुरभि” मा नेपाली सङ्गीत जगतका दिग्गज व्यक्तित्वहरूको परिचय दिइएको छ । सुवि शाहका बारेमा उहाँहरूको भनाइ यस्तो छ :पढ्नुहोस्“Subi Shah: An Introduction”

सोरटीको एउटा गीत - झुमरी

चर्चित लोकगायिका रीता थापा मगरसँग काम गर्न पाउँदा हामी आफूलाई भाग्यमानी सम्झन्छौँ । मध्य तथा पश्चिम नेपालका ग्रामीण पहाडमा उहाँको नाचगान लोकप्रिय छ । उहाँको जन्मगाउँ सुवि शाहको गाउँ ज्यामरुङको नजिकै पर्ने धादिङ जिल्लाको नीलकण्ठ–२ साँखु, सोह्रघरमा पर्दछ । यस भिडियोमा उहाँ र उहाँको परिवारले अन्य गाउँले, जलकन्या युवा क्लब र मिलिजुली आमा समूहका साथमा धादिङको यस क्षेत्रमा प्रदर्शन गरिने सोरठी नृत्यनाटकको झुमरी गीत प्रस्तुत गर्नुभएको छ ।पढ्नुहोस्“Jhumari: A Song from Sorathi”

सुवि शाहका श्रव्य रेकर्डिङहरू

तलको प्लेलिस्टमा सुवि शाहको एल्बम एकल प्रयास : नेपाली लोक गीति धुनहरू (म्यूजिक नेपाल, २००८) का गीतहरू र सुवि शाहले सङ्कलन गरेका र सन् १९९७ मा युनेस्कोद्वारा प्रायोजित परियोजनाका लागि विभिन्न नेपाली कलाकारहरूले प्रस्तुत गरेका गीतहरू समावेश छन् ।

ne_NPनेपाली