ओपन बुक पब्लिसर्समार्फत प्रकाशन गर्ने योजना

Music and Dances of Central Nepal: Subi Shah’s Works on Pangdure (Maruni) Performance (मध्यनेपालका सङ्गीत तथा नाचहरू : पाङ्दुरे (मारुनी) नाचसम्बन्धी सुवि शाहका कृतिहरू) को प्रकाशनका लागि ओपन बुक पब्लिसर्स सँग सम्झौता भएको छ ।

यस सङ्ग्रहमा हामीले अनुवाद गर्दै गरेका सुवि शाहका छ ओटा कृति‍ र त्यहाँ समेटिएका गीत र नाचहरूको श्रव्य तथा दृश्य रेकर्डिङ समावेश गरिनेछ । ओपन बुक पब्लिसर्ससँग काम गर्नुको राम्रो पक्ष के छ भने हामी छापा पुस्तकहरू (भिडियोतर्फ सङ्केत गर्ने क्युआर कोडसहित), साथै निःशुल्क ई-पुस्तकहरू र अनुवाद तथा रेकर्डिङमा निःशुल्क अनलाइन पहुँच दिलाउन सक्षम हुनेछौँ ।

यस परियोजनाको श्रव्यदृश्य रेकर्डिङसम्बन्धी काम कोभिड महामारीको कारण स्थगित भएको छ । तर हाम्रो प्रकाशनको योजना तय भइसकेको छ । सन् २०२४ भित्र प्रकाशनको काम पुरा हुने आशा गरिएको छ ।

Published by Anna

Author, filmmaker, professor, specializing in music, media, and performance in Nepal and the Himalayan region.

Leave a Reply

ne_NPनेपाली
%d bloggers like this: