
आना स्टर यस परियोजनाका निर्देशक र मुख्य अनुवादक हुनुहुन्छ । उहाँ हवाई मानोआ विश्वविद्यालयको एसियाली अध्ययन विभाग मा सह-प्राध्यापक र दक्षिण एसियाली अध्ययन केन्द्र का निर्देशक हुनुहुन्छ । उहाँको कृति Singing Across Divides: Music and Intimate Politics in Nepal (Oxford University Press, 2017) ले एसोसिएसन फर एसियन स्टडिजबाट दक्षिण एसियासम्बन्धी पहिला पुस्तकहरूका लागि सन् २०१९ को बर्नार्ड एस. कोन पुरस्कार प्राप्त गरेको थियो । उहाँले भक्त स्याङ्तानसँग वृत्तचित्र Singing A Great Dream-The Revolutionary Songs and Life of Khusiram Pakhrin (Sukumaya Productions, 2019) (सुकुमाया प्रोडक्सन, २०१९) को सह-निर्देशन पनि गर्नुभएको छ । उहाँको अनुसन्धान विशेष गरी नेपाल र हिमाली क्षेत्रको सङ्गीत, नृत्य, भाषा, आत्मीयता र राजनीतिमा केन्द्रित छ । उहाँ गायन, बाँसुरीवादन र तालवादनमार्फत नेपाली लोकसङ्गीत प्रस्तुत गर्नुहुन्छ ।

Lochan Rijal is in charge of audio and video recording production for the project, as head of the production company Lochan Rijal Productions. A multi-instrumentalist, singer-songwriter with a PhD in ethnomusicology, he is passionate about exploring Nepali music and experimenting with new sounds to bring about an innovative approach to sound production that fuses different musical styles. He spent years travelling across Nepal studying different local music traditions and instrument-making techniques. With three albums to his name, he is a recipient of several national and international awards. He is Associate Professor and Head of Kathmandu University’s Department of Music.

मेसन ब्राउन स्वरलिपिका लागि जिम्मेवार हुनुहुन्छ । उहाँको अनुसन्धान मुख्यतया नेपालमा तिब्बती सङ्गीत र संस्कृतिमा केन्द्रित छ । उहाँको ध्यान खासगरी धार्मिक सङ्गीत र समसामयिक लोकप्रिय स्वरूपहरूबिचको साझा विन्दुका साथै ग्रामीण लोक परम्पराहरूमा छ । उहाँको अनुसन्धानका अन्य रुचिहरूमा जापानी बौद्ध मन्त्र, अमेरिकी र आयरिश स्थानीय भाषाको फिडल (भायोलिन) सङ्गीत, र औद्योगिक क्रान्तिमा भायोलिन निर्माण लगायत छन् । ब्राउनले धार्मिक अध्ययन र सङ्गीतमा नारोपा विश्वविद्यालयबाट तिब्बती भाषामा माइनरसहित डबल बी.ए. गर्नुभएको छ र कोलोराडो विश्वविद्यालय, बोल्डरबाट सङ्गीत मानवशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । स्नातक तहको अध्ययन सुरु गर्नुअघि ब्राउन साइन पेन्टर, सिकर्मी, रेकर्डिङ कलाकार र भ्रमणशील सङ्गीतकारका साथै जेन प्रिस्ट हुनुहुन्थ्यो । उहाँले मौलिक तथा परम्परागत लोक सङ्गीतलाई रेकर्डिङ र प्रस्तुत गर्ने कार्य जारी राख्नुभएको छ ।

हिक्मत खड्का हाम्रो परियोजनाका अनुवादक हुनुहुन्छ । उहाँसँग नेपाली र अङ्ग्रेजी दुवै भाषामा खासगरी कूटनीतिक, प्राज्ञिक र अन्तर्राष्ट्रिय विकासका क्षेत्रमा अनुवादक र दोभासेका रूपमा काम गरेको लामो अनुभव छ । उहाँ आफ्नो कामका लागि पटकपटक पुरस्कृत हुनुभएको छ ।

Rita Thapa Magar रीता थापा मगर हाम्रो परियोजनाकी सामुदायिक सम्पर्क व्यक्ति हुनुहुन्छ । उहाँ धादिङकी लोक गायिका र गीतकार हुनुहुन्छ । उहाँ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी आध्यक्ष हुनुहुन्छ । सो प्रतिष्ठानले देशभरका लोक कलाकारका लागि प्रतियोगिता र अन्य अवसरहरू प्रायोजित गर्दछ । उहाँ यस संस्थाको प्रथम महिला अध्यक्ष हुनुहुन्छ । उहाँले दुई एकल एल्बम प्रकाशित गर्नुका साथै थुप्रै फुटकर गीत गाउनुभएको छ र अन्य कलाकारका एल्बमहरूमा समेत स्वर दिनुभएको छ । साथै, उहाँले देशविदेशमा पनि प्रस्तुतिहरू दिनुभएको छ । उहाँका म्युजिक भिडियोहरूले मध्य नेपालका पहाडी क्षेत्रहरूमा पाइने विभिन्न प्रकारका सङ्गीत र नृत्य परम्पराप्रति सम्मान प्रकट गर्दै ग्रामीण परिवेशमा परम्परागत विधाहरू देर्शाउँदछन् ।

सुवि शाहका सुपुत्र ध्रुव शाह आफ्ना पिताका सम्पूर्ण सामग्रीका हकदार हुनुहुन्छ । उहाँकै अनुमति र सहयोगमा हामीले यो अनुवादको काम गरिरहेका छौँ । सामुदायिक सम्पर्क व्यक्तिका रूपमा उहाँ धादिङका कलाकारहरूसँग भेटघाटको अवसर पनि जुराउनुहुन्छ । अहिले उहाँ सेवानिवृत्त जीवन बिताइरहनुभएको छ । उहाँ आफ्नो युवावयमा व्यावसायिक फुटबल खेलाडी हुनुहुन्थ्यो । घुँडामा लागेको चोटका कारण खेलमैदानमा आफ्ना दिनहरू समाप्त भएपछि उहाँ राइफलरीतिर लाग्नुभयो। रुस, नेपाल र भारतमा तालिम लिएर उहाँ नेपालमा शुटिङका मुख्य प्रशिक्षक बन्नुभयो । उहाँ आफ्नो दशकौँ लामो पेसागत जीवनमा थुप्रै पटक ओलम्पिक खेलहरूमा जानुभयो । आठ वर्षको उमेरसम्म धादिङस्थित आफ्नो पुर्ख्यौली गाउँ ज्यामरुङमा बिताएपछि उहाँ काठमाडौँ बसाइ सर्नुभयो । उहाँ र उहाँको पिताको पेसागत जीवनमा निकै भिन्नता रहेको हुनाले आफ्ना पिताले नेपालको सांस्कृतिक क्षेत्रमा कुन हदसम्म प्रभाव पार्नुभएको रहेछ भन्ने कुरा उहाँ बुझ्दै हुनुहुन्छ ।

रिचर्ड विडेस हाम्रो परियोजनाका वरिष्ठ सल्लाहकार हुनुहुन्छ । दक्षिण एसियाको सङ्गीत र संस्कृतिसँग उहाँको औपचारिक संलग्नता SOAS मा एरिया स्टडिज (दक्षिण एसया) मा स्नातकोत्तर गरेसँगै सुरु भयो । त्यहाँ उहाँले राजेश्वरी दत्तसँग सङ्गीत, वेन्डी डोनिगरसँग धर्मको इतिहासका र जोन ग्रेसँग संस्कृत अध्ययन गर्नुभयो । उहाँले क्याम्ब्रिजको जिजस कलेजका लरेन्स पिकेनको सुपरिवेक्षणमा दक्षिण एसियाको ऐतिहासिक सङ्गीतशास्त्रमा विद्यावारिधि गर्नुभयो । विडेसले निमाई चंद बोरालसँग ध्रुपद गायनको अध्ययन गर्नुभएको थियो र भारतीय सङ्गीतविद्हरूमध्ये उहाँ विशेष गरी प्रेमलता शर्मा, एन. रामनाथन, नज़ीर जयराजभोय र मुकुंद लथबाट प्रेरित हुनुहुन्छ । शिक्षण र अनुसन्धान दुवैमा उहाँको रुचि विश्वव्यापी मानव क्रियाकलापका रूपमा सङ्गीतमाथि केन्द्रित छ, जुन मुख्य गरी ध्वनिमार्फत सञ्चार गरिने एक गैर-मौखिक अभिव्यक्ति प्रणाली हो । विभिन्न साङ्गीतिक प्रणालीहरूले तिनीहरू जुन सन्दर्भमा प्रस्तुत गरिँदै छन् वा विगतमा प्रस्तुत गरिएका थिए, त्यसमा कसरी काम गर्छन् भन्ने कुरा बुझ्ने र तिनीहरूको संरचना तथा अर्थको विश्लेषण गर्न औजारहरू बनाउनेमा विडेसको रुचि छ ।

Rajan Shrestha (b.1981) is a production assistant primarily focused on audio editing for this project. He is a Kathmandu based inter-disciplinary artist working primarily with music. Bassist/co-producer for a Kathmandu based post-rock outfit, Jindabaad, Shrestha is an Ethnomusicology graduate from Kathmandu University’s Department of Music and produces music under the moniker of ‘phatcowlee‘. He is also one half of Anaasir, a collaborative project with Pakistani electronic musician Alien Panda Jury. One of the founding members of Fuzzscape, a platform for cultural documentation with primary focus on music, archival and storytelling through audio-visual medium, Shrestha is currently associated with a digital audio archive named Nepal Music Archive.

Dinesh Raj Upadhyay is a production assistant primarily focused on video editing for this project. He is an emerging artist based in Kathmandu, and is both a musician and a photographer. He is currently doing his masters in ethnomusicology at Kathmandu University’s Department of Music and contributes his talents as a singer and music writer in the Nepali Folk band “Mero Serofero.” Having grown up in Farwest Nepal, a region rich in ethnic diversity and known for its vibrant Deuda music culture, Dinesh is currently engaged in research focused on the religious Deuda Music of Bajhang District. Alongside his role as a visual documentarian for the project of rebuilding Tripureshwor Mahadev Temple and Sattals, he actively participates in the creation of musical documentaries. Furthermore, he is exploring the FarWest of Nepal, where he captures the diverse lifestyles and cultural tapestry of the region through his photography and video documentation.