
नेपालको मध्यभागका सङ्गीत र नृत्यहरू
नाचगान प्रदर्शनसम्बन्धी सुवि शाहका कृतिहरू
अनुवाद तथा भिडियो परियोजना
Subi Shah (1928-2008) spent his life performing and teaching Nepali folk song, instrumental music, dance, and drama. He specialized in playing the Madal in dance-dramas like Sorathi (below) and Charitra. In his home area of Dhading, these are called Pangdure dances–dances performed when the Pangdure millet has been harvested. They are also known as Maruni dances, due to the Maruni dancers: men dressed in women’s dress.
नृत्य मात्रै होइन, उहाँका पुस्तकहरूले गीत, सङ्गीत, नाच र नाटकका कला यी परम्पराहरूसँग कसरी जोडिएका छन् भन्ने विषयलाई समग्रतामा हेरेका छन् ।
यस परियोजनाले सुवि शाहका नेपाली लोकसङ्गीतसम्बन्धी कृतिहरूलाई अनलाइन माध्यम र खुला पहुँचमा उपलब्ध गराउँदै नेपालमा सङ्गीतको विषयमा थप जान्न इच्छुक सबैका निम्ति एक स्रोत प्रदान गर्ने लक्ष्य लिएको छ ।
अनुवाद
सुवि शाहले धादिङमा अवस्थित आफ्नो गाउँ ज्यामरुङका लोकनाचगान परम्परासम्बन्धी तयार पारेका छ ओटा मुख्य कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरिनेछ ।
स्वरलिपि
उहाँका पुस्तकमा प्रस्तुत गरिएका साङ्गीतिक उदाहरणहरूलाई स्टाफ नोटेसन र रोमन अक्षरको सरगम नोटेसनमा उतारिनेछ ।
श्रव्य तथा दृश्य रेकर्डिङ
सुवि शाहका कृतिमा रहेका सङ्गीत तथा नृत्यका उदाहरणको श्रव्य-दृश्य रेकर्डिङ गरिनेछ ।




Latest News from the Blog
Out Now! Music and Dances from Central Nepal: The Works of Subi Shah, Volume 1
Our hard work is coming to fruition! Volume 1 of our book of Subi Shah’s works is now available! You can find it on the Open Book Publishers site at https://doi.org/10.11647/OBP.0246. In this book, performer, educator, and writer Subi Shah presents an essential commentary and analysis of Himalayan folk music and performance. Having documented this…
We have a cover!
Behold, the cover of Music and Dances from Central Nepal: The Works of Subi Shah, Volume I! This volume includes translations of Subi Shah’s short autobiography plus three of his works: the article ‘Pangdure (Maruni) Folk Dance,’ the book Madal, and the book Introduction to Nepali Tunes. Here’s a glimpse of the Table of Contents:…
Featured in IIAS’s The Newsletter
We’re grateful to IIAS for featuring our project in The Newsletter’s latest issue featuring Nepal. View the article, Collaboratively Documenting and Revitalizing Traditional Performance in Nepal, as part of the whole online issue, or check it out in the PDF below. We link to several of our videos in the article – you can view…
सुवि शाहका कृतिहरू
नृत्यकला
नृत्यको परिचयसम्बन्धी यस पुस्तकमा समेटिएको सुवि शाहको लेखमा नेपालको मध्यभागका पहाडी क्षेत्रहरूमा पाङ्दुरे (मारुनी) गर्रा र अन्य समूहहरूद्वारा नाचिने नाच र नाट्यनाचहरूको चर्चा गरिएको छ ।
लेखमा समेटिएका साङ्गीतिक उदाहरणहरूमा गीतका शब्द र मादलको बोलसहितका स्वरलिपि रहेका छन् । मादलमा बजाइने तालअनुसार नाचको चाल निर्धारण हुन्छ भने तालबाटै विधाको नामाकरण समेत हुन्छ ।


नेपाली लोकगीतको झलक
यस पुस्तकमा हामी थुप्रै प्रकारका लोकगीत, तालअनुसार लोकगीतको विधा विभाजन, लोकगीतको छन्द, लोकगीतको लय र भाका र धादिङमा अवस्थित सुवि शाहको गाउँ ज्यामरुङ र आसपासका क्षेत्रको सामाजिक जीवनमा त्यस्ता लोकगीतले खेल्ने भूमिकाका विषयमा सिक्न पाउँछौँ ।
पुस्तकमा समेटिएका १०० भन्दा बढी साङ्गीतिक उदाहरणहरूमा लोकगीतका शब्द, भाका र तालका साथै नृत्य लगायतका प्रदर्शन अभ्याससम्बन्धी वृत्तान्त समावेश गरिएको छ ।
मादल
यस पुस्तकमा मादलसम्बन्धी पौराणिक कथनदेखि यस बाजाको हालको इतिहाससम्का कुरा प्रस्तुत गरिएको छ । मादल बनाउने तरिका समेटिएको छ र नेपालको मध्यभागमा यो बाजा कसरी प्रयोग हुन्छ भनी बताइएको छ । पाङ्दुरे (मारुनी) र त्यससँग सम्बन्धित नाच, गान र नाटकमा झ्याउरे, ख्याली, चुड्का जस्ता प्रख्यात तालमा मादल कसरी बजाउने भन्ने जानकारी दिइएको छ । त्यसै गरी चरित्र र सोरटी (सोरठी) नृत्यनाटकमा पनि उपयुक्त तालमा मादल बजाउने विषयमा जानकारी दिइएको छ । मादल बजाउने विषयमा जानकारी यति विस्तारमा यसअघि पाइएको थिएन भने नेपाली लोकनाचगानसम्बन्धी कृतिहरूमा अन्त कतै भेटिँदैन ।

नेपाली धुनको परिचय
यस अप्रकाशित पाण्डुलिपिमा सहनाई, बाँसुरी र मुरलीमा आधारित र नेपालको मध्यभागका पहाडी क्षेत्रमा अपनाइएको स्वर सामुह (ठाट) को सिद्धान्तको परिचय दिइएको छ । प्रत्येक चालका लागि छन्दमा भएका र नभएका धुनहरूको स्वरलिपिको नमुना प्रस्तुत गरिएको छ र त्यसको सामान्य प्रयोग र सम्बन्धका बारेमा वर्णन गरिएको छ ।
Basic Theory of Folk Dance
यस अप्रकाशित पाण्डुलिपिमा सुवि शाह नाच नाच्ने चालको विषयमा निकै गहिराइमा पुग्नुभएको छ । आफैले सिर्जना गरेको संकेत लिपि (नृत्यलिपि) प्रयोग गर्दै उहाँले विभिन्न नाचका चालहरू ताल, गीत र कथनसँग कसरी जोडिएका हुन्छन् भन्ने कुरा देखाउनुभएको छ ।
सोरटी
This is Shah’s transcription of the entire oral text of the Sorati (Sorathi) dance-drama as he knows it, prefaced by an analytical essay. While other transcriptions of Sorati exist, this one exemplifies its performance in Shah’s regional tradition.
Get new content delivered directly to your inbox.

This work is licensed under a Creative Commons Attribution 4.0 International License.