
नेपालको मध्यभागका सङ्गीत र नृत्यहरू
नाचगान प्रदर्शनसम्बन्धी सुवि शाहका कृतिहरू
अनुवाद तथा भिडियो परियोजना
सुवि शाह (१९८५-२०६५) ले जीवनभर नेपाली लोकगीत, वाद्य सङ्गीत, नृत्य र नाट्यकलाको प्रदर्शन तथा प्रशिक्षण गर्नुभयो । उहाँ विषेस गरि मादल वादक र सोरठी र चरित्र जस्ता नृत्यनाटकका विज्ञ हुनुहुन्थ्यो । धादिनङ जिल्लामा रहेको उहाँको गाउँघरमा पाङ्दुरे कोडो पाकेपछि प्रस्तुत गरिएको कारणले यि नृतयनाटकहरूलाई पाङ्दुरे नाच भन्दछन । महिलाको पहिरान लगाएर नाच्ने पुरुष (मारुनी) नृतकहरू भएको हुनाले यि नृत्यनाटक र सम्बन्धि नाचहरूलाई मारुनी नाच भन्ने चलन पनि व्यापक रुपमा चलेको छ ।
नृत्य मात्रै होइन, उहाँका पुस्तकहरूले गीत, सङ्गीत, नाच र नाटकका कला यी परम्पराहरूसँग कसरी जोडिएका छन् भन्ने विषयलाई समग्रतामा हेरेका छन् ।
यस परियोजनाले सुवि शाहका नेपाली लोकसङ्गीतसम्बन्धी कृतिहरूलाई अनलाइन माध्यम र खुला पहुँचमा उपलब्ध गराउँदै नेपालमा सङ्गीतको विषयमा थप जान्न इच्छुक सबैका निम्ति एक स्रोत प्रदान गर्ने लक्ष्य लिएको छ ।
अनुवाद
सुवि शाहले धादिङमा अवस्थित आफ्नो गाउँ ज्यामरुङका लोकनाचगान परम्परासम्बन्धी तयार पारेका छ ओटा मुख्य कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरिनेछ ।
स्वरलिपि
उहाँका पुस्तकमा प्रस्तुत गरिएका साङ्गीतिक उदाहरणहरूलाई स्टाफ नोटेसन र रोमन अक्षरको सरगम नोटेसनमा उतारिनेछ ।
श्रव्य तथा दृश्य रेकर्डिङ
सुवि शाहका कृतिमा रहेका सङ्गीत तथा नृत्यका उदाहरणको श्रव्य-दृश्य रेकर्डिङ गरिनेछ ।

Latest News from the Blog
परियजनाले प्रयोजक पाएको छ
We are delighted to be one of the recipients of a 2021 Scholarly Editions and Translations Grant from the National Endowment for the Humanities! This grant provides three years of support for our team to translate Subi Shah’s works, make audio and video recordings of the music and dances he describes, and prepare them all…
ओपन बुक पब्लिसर्समार्फत प्रकाशन गर्ने योजना
We are very pleased to announce that Music and Dances of Central Nepal: Subi Shah’s Works on Pangdure (Maruni) Performance is now under contract with Open Book Publishers. This volume will include the six works of Subi Shah’s that we are translating, along with audiovisual recordings of live performances of the songs and dances discussed…
इनट्रन्सपक अन्तराष्ट्रीय सम्मेलानमा सुबि शाहका कृतिबारे प्रस्तुति
सुल्तान इड्रिस शिक्षा विश्वविद्यालय मलेसियाले सञ्चालन गरेको अन्तर्राष्ट्रिय बहुविषयी प्रदर्शनकलाको सम्मेलन २०२० मा आना स्टरले "नेपाली प्रदर्शनकलाबारे सुवि शाहको समग्रतामा हेर्ने दृष्टिकोण" नामको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्तुतिको भिडियो तल हेर्न सक्नुहुन्छ ।
सुवि शाहका कृतिहरू

नृत्यकला
नृत्यको परिचयसम्बन्धी यस पुस्तकमा समेटिएको सुवि शाहको लेखमा नेपालको मध्यभागका पहाडी क्षेत्रहरूमा पाङ्दुरे (मारुनी) गर्रा र अन्य समूहहरूद्वारा नाचिने नाच र नाट्यनाचहरूको चर्चा गरिएको छ ।
लेखमा समेटिएका साङ्गीतिक उदाहरणहरूमा गीतका शब्द र मादलको बोलसहितका स्वरलिपि रहेका छन् । मादलमा बजाइने तालअनुसार नाचको चाल निर्धारण हुन्छ भने तालबाटै विधाको नामाकरण समेत हुन्छ ।

नेपाली लोकगीतको झलक
यस पुस्तकमा हामी थुप्रै प्रकारका लोकगीत, तालअनुसार लोकगीतको विधा विभाजन, लोकगीतको छन्द, लोकगीतको लय र भाका र धादिङमा अवस्थित सुवि शाहको गाउँ ज्यामरुङ र आसपासका क्षेत्रको सामाजिक जीवनमा त्यस्ता लोकगीतले खेल्ने भूमिकाका विषयमा सिक्न पाउँछौँ ।
पुस्तकमा समेटिएका १०० भन्दा बढी साङ्गीतिक उदाहरणहरूमा लोकगीतका शब्द, भाका र तालका साथै नृत्य लगायतका प्रदर्शन अभ्याससम्बन्धी वृत्तान्त समावेश गरिएको छ ।

मादल
यस पुस्तकमा मादलसम्बन्धी पौराणिक कथनदेखि यस बाजाको हालको इतिहाससम्का कुरा प्रस्तुत गरिएको छ । मादल बनाउने तरिका समेटिएको छ र नेपालको मध्यभागमा यो बाजा कसरी प्रयोग हुन्छ भनी बताइएको छ । पाङ्दुरे (मारुनी) र त्यससँग सम्बन्धित नाच, गान र नाटकमा झ्याउरे, ख्याली, चुड्का जस्ता प्रख्यात तालमा मादल कसरी बजाउने भन्ने जानकारी दिइएको छ । त्यसै गरी चरित्र र सोरटी (सोरठी) नृत्यनाटकमा पनि उपयुक्त तालमा मादल बजाउने विषयमा जानकारी दिइएको छ । मादल बजाउने विषयमा जानकारी यति विस्तारमा यसअघि पाइएको थिएन भने नेपाली लोकनाचगानसम्बन्धी कृतिहरूमा अन्त कतै भेटिँदैन ।
नेपाली धुनको परिचय
यस अप्रकाशित पाण्डुलिपिमा सहनाई, बाँसुरी र मुरलीमा आधारित र नेपालको मध्यभागका पहाडी क्षेत्रमा अपनाइएको स्वर सामुह (ठाट) को सिद्धान्तको परिचय दिइएको छ । प्रत्येक चालका लागि छन्दमा भएका र नभएका धुनहरूको स्वरलिपिको नमुना प्रस्तुत गरिएको छ र त्यसको सामान्य प्रयोग र सम्बन्धका बारेमा वर्णन गरिएको छ ।
नेपाली नृत्यनाटक
यस अप्रकाशित पाण्डुलिपिमा सुवि शाह नाच नाच्ने चालको विषयमा निकै गहिराइमा पुग्नुभएको छ । आफैले सिर्जना गरेको संकेत लिपि (नृत्यलिपि) प्रयोग गर्दै उहाँले विभिन्न नाचका चालहरू ताल, गीत र कथनसँग कसरी जोडिएका हुन्छन् भन्ने कुरा देखाउनुभएको छ ।
सोरटी
यस अप्रकाशित पाण्डुलिपिमा सुवि शाहले सोरटी नृत्यनाटकको श्रुति परम्परामा आधारित आफूले जानेको सम्पूर्ण पाठ लिपिमा उतार्नुभएको छ र प्रस्तावना शीर्षकको खण्डमा विश्लेषणात्मक निबन्ध समावेश गर्नुभएको छ । छन त सोरटीका अरू लिपिहरू पनि छन् तर यस कृतिले भने शाहको क्षेत्रीय परम्परामा नचाइने सोरटीको उदाहरण प्रस्तुत गरेको छ ।
Get new content delivered directly to your inbox.

This work is licensed under a Creative Commons Attribution 4.0 International License.