ब्लग

परियजनाले प्रयोजक पाएको छ

अमेरिकाको नेशनल एन्डाउमेन्ट फर द ह्युमानिटिजबाट सन् २०२१ को स्कलर्ली एडिसन्स एन्ड ट्रान्सलेसन्स ग्रान्ट नामक अनुदान पाउन सफल भएकोमा हामी खुसी छौँ ।पाढ्नुहोस

ओपन बुक पब्लिसर्समार्फत प्रकाशन गर्ने योजना

Music and Dances of Central Nepal: Subi Shah’s Works on Pangdure (Maruni) Performance (मध्यनेपालका सङ्गीत तथा नाचहरू : पाङ्दुरे (मारुनी) नाचसम्बन्धी सुवि शाहका कृतिहरू) को प्रकाशनका लागि ओपन बुक पब्लिसर्स सँग सम्झौता भएको छ ।पाढ्नुहोस

इनट्रन्सपक अन्तराष्ट्रीय सम्मेलानमा सुबि शाहका कृतिबारे प्रस्तुति

सुल्तान इड्रिस शिक्षा विश्वविद्यालय मलेसियाले सञ्चालन गरेको अन्तर्राष्ट्रिय बहुविषयी प्रदर्शनकलाको सम्मेलन २०२० मा आना स्टरले "नेपाली प्रदर्शनकलाबारे सुवि शाहको समग्रतामा हेर्ने दृष्टिकोण" नामको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्तुतिको भिडियो तल हेर्न सक्नुहुन्छ ।

सुवि शाह : एक परिचय

दीपक जंगम र बेनी रावलको पाठ्यपुस्तक “संगीत सुरभि” मा नेपाली सङ्गीत जगतका दिग्गज व्यक्तित्वहरूको परिचय दिइएको छ । सुवि शाहका बारेमा उहाँहरूको भनाइ यस्तो छ :पाढ्नुहोस

सोरटीको एउटा गीत - झुमरी

चर्चित लोकगायिका रीता थापा मगरसँग काम गर्न पाउँदा हामी आफूलाई भाग्यमानी सम्झन्छौँ । मध्य तथा पश्चिम नेपालका ग्रामीण पहाडमा उहाँको नाचगान लोकप्रिय छ । उहाँको जन्मगाउँ सुवि शाहको गाउँ ज्यामरुङको नजिकै पर्ने धादिङ जिल्लाको नीलकण्ठ–२ साँखु, सोह्रघरमा पर्दछ । यस भिडियोमा उहाँ र उहाँको परिवारले अन्य गाउँले, जलकन्या युवा क्लब र मिलिजुली आमा समूहका साथमा धादिङको यस क्षेत्रमा प्रदर्शन गरिने सोरठी नृत्यनाटकको झुमरी गीत प्रस्तुत गर्नुभएको छ ।पाढ्नुहोस

सुवि शाहका श्रव्य रेकर्डिङहरू

तलको प्लेलिस्टमा सुवि शाहको एल्बम एकल प्रयास : नेपाली लोक गीति धुनहरू (म्यूजिक नेपाल, २००८) का गीतहरू र सुवि शाहले सङ्कलन गरेका र सन् १९९७ मा युनेस्कोद्वारा प्रायोजित परियोजनाका लागि विभिन्न नेपाली कलाकारहरूले प्रस्तुत गरेका गीतहरू समावेश छन् ।


Follow My Blog

Get new content delivered directly to your inbox.

ne_NPनेपाली
%d bloggers like this: