परियजनाले प्रयोजक पाएको छ

अमेरिकाको नेशनल एन्डाउमेन्ट फर द ह्युमानिटिजबाट सन् २०२१ को स्कलर्ली एडिसन्स एन्ड ट्रान्सलेसन्स ग्रान्ट नामक अनुदान पाउन सफल भएकोमा हामी खुसी छौँ ।

यस अनुदानले हाम्रो टोलीलाई सुवि शाहका कृतिहरूलाई अनुवाद गर्न, उहाँले वर्णन गरेका सङ्गीत र नृत्यहरूको श्रव्य तथा दृश्य रेकर्डिङ गर्न र ती सबै सामग्रीलाई ओपन बुक पब्लिसर्समार्फत प्रकाशनका लागि तयार गर्न तीन वर्षको सहयोग प्रदान गरेको छ ।

सन् १९६५ मा अमेरिकाको स्वतन्त्र संघीय एजेन्सीका रूपमा स्थापना गरिएको नेशनल एन्डाउमेन्ट फर द ह्युमानिटिजले राष्ट्रभरिबाट चयन गरिएका, सहकर्मीबाट समीक्षा भएका प्रस्तावहरूलाई आर्थिक सहायता प्रदान गर्दै इतिहास, साहित्य, दर्शन र मानविकीका अन्य क्षेत्रहरूमा अनुसन्धान र सिकाइलाई सहयोग गर्दछ । नेशनल एन्डाउमेन्ट फर द ह्युमानिटिज र यसका अनुदान कार्यक्रमहरूको बारेमा थप जानकारी www.neh.gov मा उपलब्ध छ ।

Published by Anna

Author, filmmaker, professor, specializing in music, media, and performance in Nepal and the Himalayan region.

Leave a Reply

ne_NPनेपाली
%d bloggers like this: