सोरटीको एउटा गीत - झुमरी

चर्चित लोकगायिका रीता थापा मगरसँग काम गर्न पाउँदा हामी आफूलाई भाग्यमानी सम्झन्छौँ । मध्य तथा पश्चिम नेपालका ग्रामीण पहाडमा उहाँको नाचगान लोकप्रिय छ । उहाँको जन्मगाउँ सुवि शाहको गाउँ ज्यामरुङको नजिकै पर्ने धादिङ जिल्लाको नीलकण्ठ–२ साँखु, सोह्रघरमा पर्दछ । यस भिडियोमा उहाँ र उहाँको परिवारले अन्य गाउँले, जलकन्या युवा क्लब र मिलिजुली आमा समूहका साथमा धादिङको यस क्षेत्रमा प्रदर्शन गरिने सोरठी नृत्यनाटकको झुमरी गीत प्रस्तुत गर्नुभएको छ ।

रिताले फेसबुकमा लेख्चिन्-- "प्रिय दर्शक-श्रोता, शुभचिन्तक, अभिभावक, अग्रज, अनुज लगायत संसारभर रहनुभएका नेपाली जनहरुले मेरो साङ्गितिक जिवनमा दिनुभएको अगम्य अथाह मायाँ, स्नेह, प्रेरणा, साथ, हौसला एवं मार्गदर्शनको निम्ति सर्वदा ऋणी छु।🙏 मेरो क्यारियरका केही गर्विला साङ्गितिक प्रस्तुति मध्यको एक आफ्नो जन्म गाउँ धादिङ, साँखु सोह्रघरमा प्रसिद्ध सोरठी(झुमरी) यहाँहरुको सामु ल्याउने प्रयत्न गरेको छु। यस्ता मौलिक गितहरुले हजुरहरुको अथाह मायाँ पाउनेमा विश्वस्त छु।🙏 जय मौलिकता!! जय लोक संस्कृति!!🙏" (१२ ओक्टोबर २०२०)

Published by Anna

Author, filmmaker, professor, specializing in music, media, and performance in Nepal and the Himalayan region.

Leave a Reply

ne_NPनेपाली

Discover more from Pangdure Dances

Subscribe now to keep reading and get access to the full archive.

Continue reading