चर्चित लोकगायिका रीता थापा मगरसँग काम गर्न पाउँदा हामी आफूलाई भाग्यमानी सम्झन्छौँ । मध्य तथा पश्चिम नेपालका ग्रामीण पहाडमा उहाँको नाचगान लोकप्रिय छ । उहाँको जन्मगाउँ सुवि शाहको गाउँ ज्यामरुङको नजिकै पर्ने धादिङ जिल्लाको नीलकण्ठ–२ साँखु, सोह्रघरमा पर्दछ । यस भिडियोमा उहाँ र उहाँको परिवारले अन्य गाउँले, जलकन्या युवा क्लब र मिलिजुली आमा समूहका साथमा धादिङको यस क्षेत्रमा प्रदर्शन गरिने सोरठी नृत्यनाटकको झुमरी गीत प्रस्तुत गर्नुभएको छ ।पढ्नुहोस्“Jhumari: A Song from Sorathi”